पर्यटन

लगानीकर्ताको खोजीमा अर्जुन सरोवर



देउखुरी २७ भदौ ।
दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रूपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रूपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।
यसका साथै सिँचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट स्थलगत अध्ययन भए पनि यसको सुरुवात हुन सकेको छैन । लगानी कर्ताको खोजीमा रहेको अर्जुन सरोवरको योजना सफल भएपछि यस क्षेत्रका जनताको दैनिकी नै परिवर्तन हुने आशा गरिएको छ ।
अर्जुन सरोवरलाई बहुउद्देश्यीय योजनाअन्तर्गत काम गर्न सकिए यसबाट लमही नगरपालिकाका चारवटा वडाहरूलाई लाभ पुग्ने नागरिक अगुवा वसन्तराज शर्माले जानकारी दिनुभयो । उहाँकै पहलमा अर्जुन खोलामा बाँध बाँधेर पानी साबिकको सतबरिया क्षेत्रमा सिँचाई गर्न उद्देश्य राखिएको छ ।
लमही नगरपालिकाले सतबरिया क्षेत्रमा सिँचाई गर्ने उद्देश्यमा बाँधको डिपीआर निर्माण गरेको लमही नगरपालिका इन्जिनियर सौगात वलीले जानकारी दिनुभयो । लमही क्षेत्रमा मुहानको पानी वितरण गर्ने योजना समेत अर्जुन सरोवरबाट गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६