कपिलवस्तु भाद्र २७,
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जनसंख्या तीब्र गतिमा बढ्दै गएको छ । कपिलवस्तु जिल्लाकै एक सुगम नगरपालिका मानिने बाणगंगा पछिल्लो समय पहाडी भेगका मानिसको रोजाईमा परेसंगै यहाँ जनसंख्या बढ्दै गएको हो ।
आर्थिक बर्ष २०७८÷७९ मा मात्रै बाणगंगामा एक हजार एक सय २३ घरपरिवार बसाईसराई आएका छन् । उक्त घरपरिवारका सदस्य संख्या ४ हजार ४ सय ४६ छन् । ११ वटा वडा रहेको बाणगंगामा सबैभन्दा बढी वडा नम्बर ८ मा बसाईसराई आएका छन् । एक बर्षको अवधिमा मात्रै यस वडामा दुई सय २८ घरपरिवार बसाईसराई गरि आएको तथ्याङ्क छ । उक्त घरपरिवारको सदस्य संख्या ९ सय २७ छन् ।
वडागत रुपमा हेर्ने हो भने वडा नम्बर १ मा १४१ घरपरिवार र ५९९ जना सदस्य, वडा नम्बर २ मा १६६ घरपरिवार र ६०६ जना सदस्य, वडा नम्बर ३ मा ५२ घरपरिवार र १९५ जना सदस्य, वडा नम्बर ४ मा १२४ घरपरिवार र ४९८ जना सदस्य, वडा नम्बर ५ मा ४३ घर परिवार र १४७ जना सदस्य, वडा नम्बर ६ मा ३३ घर परिवार र १४१ जना सदस्य, वडा नम्बर ७ मा १२४ घर परिवार र ४९३ जना सदस्य, वडा नम्बर ८ मा २२८ घर परिवार र ९२७ जना सदस्य, वडा नम्बर ९ मा ५२ घर परिवार र २०० जना सदस्य, वडा नम्बर १० मा ५२ घर परिवार र १६९ जना सदस्य र वडा नम्बर ११ मा १०८ घर परिवार र ४७१ जना सदस्यहरु बसाईसराई आएको तथ्याङ्क छ ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले दिएको जानकारी अनुसार बसाइँसराई जानेमा सबैभन्दा बढी वडा नम्बर १ मा रहेका छन् । एक बर्षको अवधिमा यस वडाबाट ५४ घरपरिवार यहाँबाट बसाइँसराई सरी अन्यत्र गएका छन् । आर्थिक बर्ष २०७८÷७९ मा मात्रै बाणगंगाबाट ३ सय ५४ घरपरिवारका एक हजार २ सय ६८ जना रहेका छन् ।
२७ भाद्र २०७९, सोमबार
प्रतिक्रिया