अर्थ-वाणिज्य

जिसस कपिलवस्तुको छैठौं समिक्षाको निष्कर्ष बिजयनर उत्कृष्ट




कपिलवस्तु २९ भदौ ।जिसस कपिलवस्तुको छैठौं बार्षिक समिक्षाको निष्कर्ष बिजयनर उत्कृष्ट भन्ने स्पष्ट भएको छ ।समिक्षाम प्रस्तुत भएको स्थानीय तह सस्थागत सक्षमता स्वमूल्यांकनका आधारमा विजयनगरले सबै भन्दा धेरै अंक पाएर उत्कृष्ट भएको हो । जिल्ला समन्वय समिती कपिलवस्तुले बार्षिक समिक्षा कार्यक्रम एक कार्यक्रको आयोजना गरी सम्पन्न गरेको हो । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा तौलिहवामा सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला समन्व अधिकारी भूमिराम पोखरेलले गत अर्थिक बर्ष ०७८/०७९ को आयव्यय र आगामी कार्ययोजना प्रस्तुत गर्दै ०७८/०७९ मा सम्पादित कार्यहरु , बेरुजु तथा बक्यौता बिवरण प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा स्थानियतह सस्थागत क्षमता स्वमूयांकन परिणाम ०७७/०७८ मा कपिलवस्तु नगरपालिकामा ५६ , बिजयनगर गाउँपालिकामा ६४.७५ , मायाँदेवी गाउँपालिकामा ६० , बाणगंगा नगरपालिकामा ६८.७५ , शुद्धोधन गाउँपालिकामा ५२.५ , शिवराज नगरपालिकामा ५०.७५ , यशोधरा गाउँपालिकामा ६०.२५ , कृष्णनगर नगरपालिकामा ३४.५ , महाराजगंज नगरपालिकामा ५१.५ र बुद्धभूमि नगरपालिकामा ६६.५ परिणाम प्राप्त गरिएको थियो ।यस्तै स्थानिय तह वित्तिय सुशासन जोखिम मूल्यांकनल परिणाममा बाणगंगा नगरपालिकामा ८२.५ , बिजयनगर गाउँपालिकामा ७२.५ , बुद्धभूमि नगरपालिकामा ५४.५ , कपिलवस्तु नगरपालिकामा ६३ , कृष्णनगर नगरपालिकामा ६४.५ , महाराजगंज नगरपालिकामा ६० , मायाँदेवी गाउँपालिकामा ६४ , शिवराज नगरपालिकामा ७१ , शुद्धोधन गाउँपालिकामा ६३ र यशोधरा गाउँपालिकामा ३९.५ मूयांकनल परिणाम प्राप्त गरेको समन्वय अधिकारी पोखरेलले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी पुर्व कानुनी मन्त्री तथा प्रदेश शांसद बृजेज कुमार गुप्ताले छैठौं बार्षिक समिक्षालाई संबोधन गर्दै सर्वप्रथम अनुसासनको पालना गर्नुपर्ने बताउनु भयो । अनुशासनले नै देश बनाउन सकिने सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनु भयो ।जिल्लाको मूल समस्या छाडा पशुचौपाया भएको हुँदा स्थानियतहले छाडाचौपायाहरुलाई ट्याग लगाएर भएपनि व्यवस्थापन गर्न आग्रह गर्नुभयो । यस बिषयलाई दशै स्थानियतहका प्रमुखहरुले प्लानिङ् अनुसार व्यवस्थापन गर्न आग्रह गर्दै आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । साथै कृषि क्षेत्र , शुद्धपिउने पानी लगाएतका बिषयमा ध्यान दिन समेत आग्रह गर्नु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेशका राज्यमन्त्री रिना नेपालले समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितीले जिल्लाको दश स्थानियतहहरुमा अनुगमन गरी समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । प्रदेशबाट आएका बिभिन्न योजनाहरुलाई प्रदेश सांसदहरुले योजनाका कार्यहरु कसरी भैरहेको छ भन्ने बिषयमा बिशेष ध्यान दिनुपर्नेमा जोडदिनु भएको थियो । प्रदेश तहमा दक्ष जनशक्ति पूर्ण रुपमा नहुँदा कार्य व्यवस्थापनमा जटिल भएको बिषयमा कर्मचारी राख्दा करारमा राख्नु भन्दा लोकसेवाबाट नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै मन्त्री नेपालले सरकारको करोडौको लगानीलाई पारदर्शि रुपमा सम्पादन गर्न आग्रह गर्नुभयो । फोहोर व्यवस्थापन , छाडाचौपायालाई कार्यान्वयन गर्न नसकिरहेको हुँदा यस बिषयमा निती बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । भौतिक निर्माणको मात्र बिकास नभएर सामाज परिवर्तनको बिकासको क्षेत्रमा ध्यान दिन स्थानियतहका प्रमुखहरुलाई आग्रह गर्दै बाणगंगा नगरपालिकाले गरेको कामको सिको अन्य पालिकाहरुले पनि गर्नुपर्ने बताउनु भयो ।कार्यक्रममा प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तवले संघिय सरकारले निती नियम बलियो नबनाई दिंदा कार्य सम्पादनमा समस्या भएको बताउनु भयो । छाडा चौपाया नियन्त्ररणका लागि सम्पूर्ण स्थानिय तहका प्रमुखहरुलाइ आग्रह गर्नु भयो । यस्तै जिल्लामा सिंचाईको धेरै समस्या छ किसानहरुले समयमा खेतीवालीमा सिंचाई गर्न नपाएको हुँदा यस बिषयमा समेत स्थानिय पालिकाहरु योजनाबद्ध रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
प्रदेश सांसद माला गोतामेले बाणगंगा नगरपालिकाले बुद्धको बिषयमा पाठ्यक्रम समावेस गरेकोमा बधाई दिंदै अन्य पालिकाहरुले पनि सोही अनुसार नयाँ कार्यहरुको थालनी आग्रह गर्नु भयो ।जिल्ला समन्वय समितीका पुर्व प्रमुख नारायण प्रसाद खनालले जनतालेचाहे अनसारको काम नभएको बताउनु भयो । उहाँले छाडाचौपायाको पाँच बर्ष बिति सक्दा समेत व्यवस्थापन गर्न नसकिएको बताउनु भयो । शिक्षा तर्फ हेर्ने हो भने लुम्बिनी प्रदेशमा हाम्रो कपिलवस्तु जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्न नसक्नु दुखको बिषय भएको बताउँदै बाल विवाह , घरेलु हिंसालाई न्यूनिकरण गर्न सबै लाग्नुपर्ने बताउनु भयो । जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अनुमती नदिंदा समस्या भएको बताउनु भयो ।बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले समिक्षा कार्यक्रममा निती योजना अनुसार कार्यक्रमहरु संचालन गरे अलमल नहुने बताउनु भयो । बाणगंगा नगरपालिकाले चुस्तदुरुस्त गतीमा कार्यहरु गर्दै आएको समेत बताउनु भयो ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६