भगवती न्यौपाने कपिलवस्तु २९ भदौ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ४मा रहेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लि।का सिनियर एसेन्सी म्यानेज भोजबाहादुर रेश्मि मगरले अफ्नो श्रीमती रिया रेश्मीको जन्म दिनको अवसरमा १०लाखको गुराँस अग्रमिम भुक्तानी सावधिक जीवन विमा योजना विमा पोलिसि उपहारको रुपमा गरिदिनुभएको छ । उहाँले श्रीमतीको आर्थिक सुरक्षा र बचतको निम्ति विमा गरिदिएको शाखा प्रमुख शुसिला कंडेलले बताउनु भयो । अन्य होटेलमा गएर खर्च गर्नु भन्दा आर्थिक बचत गर्दा भविष्यमा आउने समस्यामा सहयोग पुग्ने विमा गरिदिनु भएका रेश्मिले जानकारी दिनु भयो ।
२९ भाद्र २०७९, बुधबार
प्रतिक्रिया