अर्थ-वाणिज्य

आगामि निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा १८ अर्बको स्रोत निश्चित



काठमाडौं, ३० भाद्र । अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले दिनेछ । सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ ।

तर आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थमन्त्रालयसँग मागेको थियो । यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।

यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।

आगामी मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरु पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६