प्रदेश

लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी



काठमाडौं, ०२ असोज । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो ।

काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा दिएको निवेदनमा भनिएको छ,‘ यदि पार्टी दर्ता गर्दा स्वतन्त्रहरुको साझा चुनाव चिह्न भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिजर्नना गर्ने कार्य भइरहेको हुँदा उक्त चिह्न खारेजीको माग गर्दछु ।’

हाम्रो नेपाली पार्टीलाई नयाँ चुनाव चिह्न दिनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६