प्रदेश

समानुपातिकतर्फ ४८ दलले बुझाए बन्दसूची



काठमाडौं, ०४ असोज । आगामी मङ्सिर ४ मा हुने निर्वाचन अन्तर्गत ४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् ।
गएराति अबेरसम्म राजनीतिक दलले आआफ्नो पार्टीको बन्दसूची बुझाएको र आज दिनभरमा रुजु गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन निवेदन दिएका ६८ मध्ये ४८ दलले मात्रै समानुपातिकको बन्दसूची पेस गरेका हुन् । यस हिसाबले १ सय १० सांसद समानुपातिक रूपमा छानिने छन् ।

प्रदेश नम्बर १ मा ५५ निर्वाचनमा सहभागी हुन निवेदन दिएकोमा ३६ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ३७ जना सांसद समानुपातिक हुने छन् भने मधेस प्रदेशमा ३६ दलले बन्दसूची बुझाउँदा त्यहाँबाट ४३ सांसद समानुपातिकका हुने छन् ।

बागमती प्रदेशमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२ कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ राजनीतिक दलले समानुपातिकतर्फकको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले हिजो र अस्ति समानुपातिकको बन्दसूची बुझाउने समय दिएको थियो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६