प्रदेश

दशैं अगाडि देखि नै आचारसंहिता लागु हुन्छः प्रवक्ता पौडेल




काठमाडौं, ०४ असोज । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दशैं अगाडि नै आचारसंहिता लागु हुने बताउनुभएको छ ।
यस्तै प्रवक्ता पौडेलले समानुपातिकतर्फ ४८ वटा दलले उम्मेदवारको बन्दसूची दर्ता गराएको बताउनुभयो । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ ।

अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

मंसिर ४ गते हुने निर्वाचनका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । आयोगले आज ९४ गते० देखि ९ गतेसम्म बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ । यस्तै असोज १० देखि १६ गतेसम्म दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने तालिका आयोगले तोकेको छ । यसैबीच उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिने समय भने असोज १७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्म तोकिएको छ ।

असोज १७ गते उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित दललाई दिने समय रहेको छ भने असोज २० देखि २२ गतेसम्म बिहान १० देखि दिउँसो ३ बजेसम्म रिक्त स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी पेस गर्ने समय निर्धारण गरिएको छ ।

२२ गते आयोगले बन्दसूचीको सूचना प्रकाशन गर्ने छ भने २३ देखि २९ गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबीविरोध गर्न निवेदन दिने कार्यतालिका रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

असोज ३० देखि कात्तिक ५ गतेसम्म दाबीविरोधको निवेदनउपर जाँचबुझ र निर्णय गर्ने कार्यताकिा रहेको छ भने कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने उहाँले बताउनुभयो । यस्तै कात्तिक ९ गते बन्दसूचीमा रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यताकिा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६