प्रदेश

निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दै



काठमाण्डौ, ०४ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ ।

अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ । यो सुविधा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, चुनावमा खटिने कर्मचारी, थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिइ सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले पाउने आयोगको सूचनामा उल्लेख छ । अस्थायी नामावलीका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिस गर्न सक्ने आयोगले जनाएको छ ।

दर्ता भएका व्यक्तिहरूको अस्थायी मतदाता नामावली कात्तिक १ गते प्रकाशन हुनेछ । नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ । कात्तिक ५ र ६ गते नामावलीमाथि जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६