प्रदेश

रहेनन् शताब्दी पुरुष जोशीः पार्थिव शरीर अध्ययनका लागि राखिने



काठमाण्डौ, ३० असोज ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उहाँको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उहाँलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ ।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभयो । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक हुनुहुन्थ्यो ।

२०१५ सालमा पुरातत्त्व विभागको निर्देशक हुँदा उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिनुहुन्छ । उहाँले ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
यस्तै जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ ।
पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६