खोज–अनुसन्धान

बिमानास्थलको धावनमार्गमा दुर्घटनाग्रस्त बनेका २ यूवाको मृत्यू




अर्घाखाँची १२ कार्तिक । अर्घाखांचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना परि दुई जनाको मृत्यु भएको छ। भने अन्य २ जना घाइते भएका छन्।गएराती करिव ११ बजे आसपास भएको उक्त दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ बर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ।
साथीहरु मिलेर सांझपख घुम्न निस्कीएका ४ जना सवार २ वटा मोटरसाईकल सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधिन बिमानस्थलको धावनमार्गमा दुर्घटनामा परेका थिए।जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार मृतकहरु दुबै जना २–०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरु सवार मोटरसाईकल धावनमार्गबाट १ मिटर भन्दा बढी तल खसेको छ।संगसंगै दुर्घटनामा परि बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क– २ का ५७ वर्षीय हेमराज भुसाल र २० बर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागी बुटवल ल्याईएको छ।
मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा सन्धिखर्कमा राखिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिब्रगतिमा गुडेका मोटरसाईकलका चालकले धावनमार्गको अगाडीको अवस्था बारे थाहा नपाउदा दुर्घटना भएको हुन सक्ने देखिएको बताएको छ।

प्रकाशित : १२ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६