कपिलवस्तु १२ कार्तिक । मधेसीलाई नागरिकताको पिरलोवाट उन्मुक्ति दिलाउन माग गर्दै मधेसमा एमालेप्रति आशा र भरोसा भएको शुद्धोधनका जेष्ठ मतदाताले वताएका छन् । उनीहरुले अरुले गर्न नसकेको र नखोजेको काम एमालेवाट हुने विश्वास ब्यक्त गरेका हुन् । शुद्धोधनका त्रिलोकी यादवले हुलाकी सडक बनाउने एमाले ,मधेसमा रेल गुडाउने एमाले ,पाइपवाट इन्धन ल्याउने एमाले हो भन्ने आफूले बुझेको वताउदै अव नागरिकताको पिरोलावाट मुक्ति दिलाउने पनि एमाले नै हो भन्ने देख्न पाउ भन्ने आग्रह गरेका छन् ।
शुद्धोधनका विभिन्न वडाहरुमा पुगेका प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारी र प्रदेश सभा सदस्य उम्मेदवार मधुशुधन शरण चौधरीलाई विजयी हुने शुभ आशिर्वाद समेत प्रदान गरेका छन् । दक्षिणी भेगमा कृषि क्याम्पस स्थापना गर्न , चाकडचौडा नाकामा भन्सार कार्यलय स्थापना गर्न ,सुविधा सम्पन्न हस्पीटल बनाउन ,चाकडचौडा पकडी हुदै पिपराको सडहको स्तर उन्नती गर्न मतदाताले एमाले उम्मेदवारसंग माग गरेका छन् । यता उम्मेदवार वलराम अधिकारीले अरुले गर्न नसकेका काम एमालेले गरेर देखाउने दावि गरेका छन् ।
प्रतिक्रिया