अन्तर्राष्ट्रिय

कोप-२७ भोलिदेखिः नेपालले हिमाली पर्वतीय समस्यालाई प्राथमिकताकासाथ उठाउने



काठमाण्डौ, १९ कार्तिक । कोप २७ अर्थात् जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन भोलिदेखि सुरु हुने भएको छ । नेपालले सम्मेलनमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताकासाथ उठाउने भएको छ ।

सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा। बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ । विश्वका उस्तै समस्या भएका पर्वतीय देशहरुसँग सहकार्य रणनीति बनाउन नेपालले गएको सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी विशेष घोषणापत्र जारी गरेको थियो ।

यस्तै, नेपालले जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पनि पैरवी गर्नेछ ।

सम्मेलन इजिप्टको शार्म एल–शेखमा भोलिदेखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू ऐक्यबद्ध हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६