कपिलवस्तु, ०८ मंसिर ।
कपिलवस्तु २ (क) मा नेकपा एमालेका नवराज लामिछाने विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न कपिलवस्तु क्षेत्र न. २को प्रदेश सभा (क) को मतगणनामा उम्मेदवार लामिछानले २१ हजार १ सय ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
यस्तै लामिछानेका प्रतिस्प्रधी सत्ता गठबन्धन तर्फका उम्मेदवार बिक्रमसिंह थापाले २० हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ । लामिछानेले थापालाई ५ सय २२ मतान्तरले पराजित गर्नुभएको हो । लामिछाने प्रदेश सभामा पहिलो कार्यकालका लागि विजयी हुनु भएको छ । निर्वाचन कार्यलयले विजेता घोषण गर्न भने बाकि रहेको छ ।
प्रतिक्रिया