प्रदेश

हतियार सहित एक जना पक्राउ



काठमाडौं १६ मंसिर । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ ।
गस्ती टोलीले बुधबार बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं। ८ स्थित बनगाँई इलाकाबाट लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक नाल, भरुवा बन्दुकको जगेडा प्यारोल गोटा एक, भरुवा बन्दुकको बारुद भर्ने गज गोटा एक, बारुद १५ ग्राम, डेटोनेटर गोटा आठ, भरुवा बन्दुकको केप गोटा २१, भरुवा बन्दुकमा प्रयोग हुने ठुलो छर्रा गोटा ६५, भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा ४५ र भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा एक सय ७५ वटासहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको सेनाले जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६