काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मालाई झापाका स्थानियहरुले सम्मानस्वरुप खुर्सानी र कागतीको माला लगाईदिएका छन् ।
निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान लिएर निर्वाचन क्षेत्र पुग्नुभएका महामन्त्री शर्मालाई मेचीनगर नगरपालिका ९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन्।
यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने परम्परागत मान्यता छ ।








प्रतिक्रिया