जीवनशैली

राप्ती नदीमा दुई युवतीको शव फेला



नेपालगन्ज १८ मङ्सिर । राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ ।
शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।
शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ती मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६