जीवनशैली

डुब्न थाले रुपन्देहीका सहकारी, संकट टर्नेमा अभियान्ताहरुकै आशंका



बुटवल १८ मंसिर । आर्थिक रुपले डुब्न थालेपछि रुपन्देहीमा सहकारीहरु एकीकरणको अभियानमा जुटेका छन् । पछिल्लो समय रचम आर्थिक संकट व्यहोरिरहेका यहाँका सहकारी संस्थाहरुले सेवाग्राहीलाई विश्वास दिलाउन एकीकरणका लागि अघि बढेका हुन् । आर्थिक संकटसँगै सम्पर्कविहिन हुनुपर्ने अवस्था आएपछि रुपन्देहीका ९ वटा सहकारी संस्थाहरुले शनिबार एक घोषणापत्र जारी गर्दै एकीकरणको अभियानमा अघि बढेका छन् ।
भैरहवामा रहेको सार्थक बहुउद्देश्यकारी संस्था लिमिटेड, जनप्रिय बहुउद्देश्यीय सहकारी, बुटवलमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुशन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएका हुन् । उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ नामाकरण गरेर अघि बढ्नेगरी मर्जर प्रक्रियामा गएका हुन् ।
सहकारी संस्थाहरु आर्थिक संकटमा गएका समाचार बाहिरिएसँगै बचतकर्ताले लगानी फिर्ता माग्न थालेपछि ठूलो संकटमा परेका यी सहकारीहरुले सेवाग्राहीलाई विश्वास दिलाउन मर्जर प्रक्रियामा गएका हुन् । सहकारीहरुले एकीकृत भएर आर्थिक समस्याको समाधान गर्ने प्रयासको सुरुवात गरे पनि सहकारीका अभियान्ताहरुले भने यसमा समेत आशंका व्यक्त गरेका छन् ।
विगतमा सहकारीहरुले आफ्नो मुल्य मान्यता विपरित कारोबार गर्नु, अस्वस्थ प्रतिस्पर्धा तथा अप्रत्येक्ष रुपमा गरिएका लगानीहरुले सहकारी डुब्ने अवस्था सिर्जना भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारीहरुले अधिकार क्षेत्रभन्दा बाहिर लगानी गर्नुका साथै राज्यको सहकारी नीति ठिक नहुँदा समस्या सिर्जना भएको टिप्पणी गरेका छन् । सहकारीहरुले आर्थिक अनुशासनलाई कायम राखेर सदस्यहरुको अधिकारलाई सुरक्षित गर्नु पर्ने उनको सुझाब छ । संकट टार्न सहकारीहरु एकीकरणको अभियानमा गएपनि यसले सकारात्मक सन्देश दिनेमा भने उनले शंका व्यक्त गरे । सहकारी सदस्यहरुलाई विश्वस्त पार्ने सन्देश दिन जरुरी रहेको बताउँदै उनले आर्थिक समस्याबाट बच्न सहकारीहरु एकीकरणमा जाँदा थप प्रतिउत्पादक बन्न सक्नेमा सचेत गराए ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६