प्रदेश

प्रदेश राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग



रुपन्देही, १८ मंसिर ।

नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गरेका छन् ।

स्थायी राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार नभएकाले जवरजस्ती लैजान खोज्नु गलत कदम भएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ ।राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार समेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं ।

साथै भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं । प्रदेश सरकारले तोकेको भौतिक पुर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । यसअघि नेपाली कांग्रेस रुपन्देहीले पनि विज्ञप्ति जारी गर्दै स्थायी संरचना नबन्दै राजधानी सार्ने हतार नगर्न माग गरेको थियो ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६