जीवनशैली

सम्मानपूर्वक बाँच्न पाउनु पर्ने माग



तौलिहवा १९ मङसिर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले सम्मानपूर्वक बाँच्न पाउने माग गर्नुभएको छ । कपिलबस्तुको तौलिहवामा यौनिक तथा लैङ्गिक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो माग गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा यौनिक तथा अल्पसंख्यक समुदायको पहुँच नभएको उहाँहरुको गुनासो छ । संबिधानमा आफुहरुलाई अधिकार दिइए पनि कार्यान्वयन नभएको उहाँहरुको गुनासो छ ।
यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा आनिक रानामगरले संबिधानमा आफुहरुलाई अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो । लुम्बिनी प्रदेश सरकारले बिगत पाँच बर्षमा ७३ वटा कानुन निर्माण गरे पनि आफनो समुदायका लागि कुनै कानुन नबनाएको उहाँको गुनासो छ ।
शिक्षा स्वास्थ्य, रोजगारीमा आफनो समुदायलाई बिशेष प्राथमिकतामा राख्नुपर्ने माग पनि उहाँले गर्नुभयो । थुनामा परेका यौनिक तथा लैङ्गिक अल्पसख्यकलाई कारागारमा राख्न छुट्टै ब्यवस्था गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।
निल हिरा समाजका निर्देशक संजय शर्माले देशको मुल कानुनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई अधिकार दिए पनि कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘देशको मुल कानुनमा हाम्रो अधिकार लेखिएको छ, बिधेयकमा छैन । अहिलेसम्म कार्यान्वयमा आएको छैन ।’
नेपालका करिब ६ लाखको संख्यामा रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई राज्यले नजरअन्दाज गर्न नहुने उहाँले बताउनुभयो । संस्थाका कार्यक्रम संयोजक प्रेरणा बिष्टले आफुहरुले एक लेबलको फडको मारे पनि अझै धेरै समस्यामा रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सदस्य तथा कांग्रेस नेता सुधाकर पाण्डेयले आफुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवालमा बोल्ने बताउनुभयो । पछि परेका समुदायको हक अधिकार स्थापित गराउन आफुले सदनमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार स्थापित गराउन भुमिका खेलेको भन्दै ६ जनालाई दोसल्ला र कदरपत्रले सम्मानित गरिएको थियो ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६