जीवनशैली

जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइयो



गुल्मी १९ मङ्सिर । गुल्मीको सदरमुकाम तम्घासमा सवारीसाधन आवत–जावतमा सहज बनाउन पुरानो बजारमा रहेको जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइएको छ । तत्कालीन समयमा सदरमुकाम तम्घास निवासी समाजसेवी इन्द्रवीर बगाले थापाले बटुवाका लागि बनाउनुभएको सो पौवा जीर्ण भएकाले नयाँ संरचना बनाउन भत्काइएको हो ।
तत्कालीन समयमा तम्घासमा प्रशस्त बास बस्ने ठाउँ थिएन । त्यस समयमा बगाले थापा परिवारका समाजसेवी इन्द्रवीर थापाले आफ्नै लगानीमा जग्गा खरिद गरी पौवा बनाउनुभएको इतिहास छ । बगाले थापा परिवार कुल पूजा समितिका अध्यक्ष शेरबहादुर थापाले भन्नुभयो, “इन्द्रवीर थापाको इतिहाससँग जोडिएको पौवा बिस्तारै संरक्षणको अभावमा जीर्ण बन्दै गयो ।”
अहिले रेसुङ्गा नगरपालिकासँगको समन्वय र छलफलमा जीर्ण पौवालाई भत्काएर व्यवस्थित गरिने सहमति भएको थापाको भनाइ छ । “पछिल्लो समय घनाबस्ती बढ्दै जाँदा सडक पनि साँघुरिँदै गयो । जसकाकारण ट्राफिक जाम हुने देखिएकाले पनि व्यवस्थित गर्नुपर्ने देखियो ।” थापाले इन्द्रवीर थापाको नाम अङ्कित गरी प्रतीक्षालय निर्माण गरिने सहमतिका साथ जीर्ण पौवालाई भत्काइएको जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका –८, पुरानो बजारमा जीर्ण अवस्थाका रहेको सो पौवाका कारण सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । रेसुङ्गा नगरपालिका र पौवा निर्माणकर्ता यहाँका बगाले थापाबन्धुहरुबीचको सहमतिमा इन्द्रवीर पौवा हटाइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
नगरप्रमुख पन्थीले भन्नुभयो, “नगरपालिका अहिले सुन्दर तम्घास बजार बनाउने अभियानका साथ अगाडि बढेको छ । बजारको सुन्दरता बढाउन विधुतको तार, केबुल, नेट, लगायतका तार पनि हटाएर व्यवस्थित गर्ने चरणमा छौँ ।”

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६