प्रदेश

माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव हुने



कपिलवस्तु, २० मंसिर ।

१३ औं कपिलवस्तु महोत्सव आगामी माघ १७ गतेदेखि २९ गतेसम्म हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको महासचिव मनोज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बुद्धरंगशालामा संचालन हुने महोत्सवको संयोजकको जिम्मेवारी संघका अध्यक्ष डोलकराम घिमिरे र निर्देशकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष छवि रेस्मी मगरले प्राप्त गरेका छन् । महोत्सवको तयारीको लागी आवश्यक विभिन्न समिति गठन प्रक्रिया सम्पन्न गरि तयारीलाई थप तीब्र पारिने उनको भनाई छ ।

यस पटकको महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने अध्यक्ष घिमिरेले बताए ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेस्मी मगरले बताए ।

यस अघि १३ औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेदेखि संचालन गर्ने भनिएको थियो । यद्यपी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा अन्य विविध कारणले महोत्सव उक्त मितिमा संचालन गर्न नसकेको आयोजकले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६