प्रदेश

आगलागीबाट उखु खेतीमा क्षति



नवलपरासी २२ मङ्सिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा लाखौँ रुपियाँको उखु क्षति भएको छ ।
प्रतापपुर–५, बसहियाका बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुरका सात किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार आइतबार दिउँसो करिब १ बजे बेलास सिंहको खेतबाट सुरु भएको आगलागीले प्रतापपुर–७ का भिखारी कुर्मी, जुगुल गुप्ता, रामदुलार लोनियाँ, सञ्जय पासी, महेन्द्र पासी र रवीन्द्र पासीको गरी चार बिघा आठ कट्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो । आगलागीले करिब १२ लाख ९८ हजार रुपियाँको नोक्सान भएको पीडित किसान बेलास सिंहले बताउनुभयोे ।
प्रहरी र स्थानीयवासीको सहयोगमा एक घण्टामा आगलागी नियन्त्रणमा आएको थियो । दिउँसो घाम लागेका बेलामा भएकाले आगलागी तीव्र गतिमा फैलिएको थियो । उखु काटेर नो फायर लाइन बनाएपछि नियन्त्रणमा आएको बताइएको छ ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६