जीवनशैली

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



नवलपरासी २२ मङ्सिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सूर्यपुरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो गाउँपालिकाको सूर्यपुरा गण्डक नहरको बाँधमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको प्रतापपुर गाउँपालिका ७ सूर्यपुरा निवासी २० वर्षीय राहुल नेटुवाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
गत सोमबार प्रतापपुरको सूर्यपरास्थित भारतीय गण्डक नहरमा तीव्र गतिमा चलेको भारतीय नम्बर प्लेट युपी ५६ एफ ४१७७ नम्बरको मोटरसाइकलमा सवार प्रतापपुरका राहुल नेटुवा घाइते भई उहाँलाई उपचारका लागि जिल्ला अस्पताल परासीमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज दिउँसो नेटुवाको मृत्यु भएको छ । उहाँसँगै मोटरसाइकलमा सवार चञ्चल नेटुवा घाइते हुनुभएको छ ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६