काठमाडौं, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा जारी छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने प्रयास भइरहेको छ ।
बैठकमा समानुपातिक सांसद छनोट र आमनिर्वाचनको समीक्षा हुनेछ । हिजो बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । निर्वाचन आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो । समानुपातिकतर्फका सांसदहरूको नामावली पठाउने आज अन्तिम दिन भएकाले एमालेले सांसद छनोटको काम गरिरहेको छ ।








प्रतिक्रिया