प्रदेश

राजनीतिमा माओवादिको भूमिका निर्णायक छः प्रचण्ड



काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको दावी गरेका छन् ।

शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताए ।

‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उनले भने, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’

प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताए । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताए । अहिलेको चुनावले नेपालमा दूषित हावा चल्ने हो कि भन्ने आशंका देखिएको पनि प्रचण्डले बताए ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६