प्रदेश

सूचनाको हक प्रयोग गर्दा पत्रकार माथी दुर्व्यवहार



कपिलवस्तु, २७ मङ्सिर । कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् ।

पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा अनियमित तवरले राज्यको श्रोतको दोहन हुने गरि खर्च गर्ने गरेको पालिकाकै कर्मचारीको गुनासोको आधारमा पत्रकारले तथ्यपरक सुचनाको माग गर्दै समाचार संकलन गर्न खोजेका थिए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्मेश्वर यादव स्वयम्को भ्रष्ट र अनियमित क्रियाकलापका कारण सिङ्गो गाउँपालिका बदनाम बन्न लागेको भन्दै पालिकामा कार्यरत कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् ।

यसैक्रममा गाउँपालिकामा भएका अनियमितता सम्बन्धमा सूचना माग्न पुगेका नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता एवम् नेपाल पत्रकार महासंघ का सदस्य बासुदेब बर्मा (अजय)लाई कार्यालय परिसरमै दुव्र्यवहार गरिएको छ ।

पत्रकार बर्माले प्रमुख प्रशासकीय अधिकृत यादवले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको बताएका छन् । दर्ता नम्बर ५८१६ रहेको सो आवेदनमार्फत बर्माले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

पत्रकार बर्माले गाउँपालिका भित्र आव २०७८/७९ को खाजा, इन्धन खर्च, घरभाडा, विभिन्न तालिममा गरेको खर्च लगायतका खर्चहरुको बारेमा समाचार संकलनका निम्ति सुचना माग गरेका थिए ।

उनले २०७९ असार ३१ मा सुचना माग गर्दै गाउँपालिकाको कार्यालय, प्रशासन कार्यालय र राष्ट्रिय सुचना आयोग समक्ष निवेदन दिएका थिए ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६