ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा भव्य उद्घाटन




दाङ, २८ मंसिर ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका वडा नं. ३ मुसरियामा यतिखेर उल्लास छाएको छ। २०७७ साल असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको थियो।

त्यसको दुई वर्ष दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी राजधानी बुटवलबाट कार्यालय स्थान्तरण गरेका थिए। त्यसको आठ दिनपछि बुधबार साविक राप्ती प्राविधिक शिक्षालय रहेको स्थानमा विधिवत् रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन गरिएको हो।

दिउँसो साढे १२ बजेतिर प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गरेर कार्यालयको उद्घाटन गरे। उनले स्थायी राजधानीको ताम्रपत्र पनि उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा विभिन्न कला, संस्कृति झल्किने झाँकी र जुलुस प्रस्तुत भए। स्थानीयहरूले आपसमा अंकमाल गर्दै नाँच्दै गाउँदै अबिर जात्रा गरी प्रदेश राजधानीको स्वागत गरे। मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सलामी अर्पण गरियो।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६