हरि घिमिरे,
कपिलवस्तु, २ पुष ।कपिलवस्तु जिल्लामै पहिलो पटक बाणगंगा वडा न. ५ को आफ्नै अफिसियल साइट तयार गरेको छ । वडाले सेवा प्रवाहलाई छिटो छरीतो र वडा बासिलाई सुचना प्रदान गर्ने उदेश्यले आफ्नै अफिसियल साइट तयार गरेको हो ।उक्त साईटमा नियमित प्रकाशन गरिने सुचना तथा जानकारी, वडाको बारेमा संक्षीप्त बृत चित्र, प्रशासनिक काम गर्दा लाग्ने प्रक्रिया, सेवा सुल्क लगाएतको जानकारी गराई प्रस्तुत गरिएको छ । त्यस्तै वडाका जनप्रतिनिधिको बारेमा जानकारी र सम्पर्क, वडाका काम कार्यको जानकारी गर्ने र गरीएका तथा भएका कामको जानकारी सजिलै संग थाहा पाउन सकिने वडा सचिव दिपक पाण्डेले जानकारी दिनु भयो । त्यस्तै ८ वटा टोल विकास संस्थाको जानकारी पुर्व जनप्रतिनिधि हरुको जानकारी र सिफारीसको लागि अनलाई निवेदन समेत उक्त साईट वाट गर्न सकिने उहाँले बताउनु भयो ।

सुशासनको प्रत्याभुतिका लागि पारदर्शी सेवा प्रवाहको मान्यतालाई अंगिकार गर्दै आफ्नै अफिसियल साईट सार्वजनिक गरेको वडा अध्यक्ष दुनिका प्रसाद भुसालले बताउनु भयो । जिल्लामै पहिलो वडाको रुपमा वडा न. ५ ले आफ्नै वेव साईट निमार्ण गर्न खट्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्नु भयो । वडा कार्यलयले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर उक्त साईटको सार्वजनिक गरेको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष दुनिका प्रसाद भुसाल लगाएतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा टोल बिकास संस्थाका पदाधिकारी, वडा नं. ५ का युवा, युवति, विद्यार्थीहरु लगाएतको सहभागिता रहेको थियो । वाणगंगा नगरपालिका र मालिका इन्कर्पोरेट प्रा.लि.को समन्वयमा उक्त साईट निमार्ण गरिएको हो ।
वेव साईट हेर्न लिङ्क खोल्नुहोस्








प्रतिक्रिया