जीवनशैली

शुद्धोधन १ बालविवाह तथा जातीय छुवाछूत मुक्त वडा



कपिलवस्तु ४ पुस । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो । समारोहमा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालविवाह तथा छुवाछूतले सामाजिक विकास असर गर्ने हुँदा यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधि तथा सरोकारवाला सङ्घ संस्थाले बालविवाह र छुवाछूत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य गर्ने प्रतिबद्धता गरेका थिए । ‘कुनै पनि धार्मिक परम्परामा मानवलाई भेदभाव गर्न नहुने उल्लेख गरिए पनि समाजका उच्च वर्गबाट जातीय भेदभावको प्रचलन ल्याएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो ।
शुद्धोधन गाउँपालिका –१ को वडा कार्यालय, बालविवाह तथा छुवाछूतविरुद्धको निगरानी समिति तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछूत मुक्त वडा घोषणा भएको हो । शुद्धोधन गाउँपालिकाका अध्यक्ष, निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गर्दै शुद्धोधन गाउँपालिकाको वडा १ लाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष तिलकराम यादवले वडामा विभिन्न सचेतना कार्यक्रम सञ्चालन भइरहेकाले विभिन्न निकायको अनुगमनको माध्यमबाट समाजमा बालविवाह र छुवाछुत कतै नपाइएकाले वडालाई बालविवाह र छुवाछुत अन्त्य भएको बताउनुभयो ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६