अन्तर्राष्ट्रिय

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १९ जनाको ज्यान गयो



४ पुस – अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।
काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुनुको कारण खुलेको छैन । विस्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६