बुटवल ४ पुस — अदालतले लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी बसेका रुपन्देहीको कञ्चन गाउँपालिका(४ का नारायण बस्याल पक्राउ परेका हुन् ।
उनलाई २०७२ चैत ७ गते प्रहरीले रंगेहात लागूऔषध फेला पारेपछि मुद्दा चलाएको थियो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको टोलीले आइतबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ । अभियुक्त बस्याल अदालतको आदेशअनुसार आइतबार नै जेल चलान भएका छन् ।
४ पुस २०७९, सोमबार
प्रतिक्रिया