प्रदेश

गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौंः माधव नेपाल



काठमाडौं, ४ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।

‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’

उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ । कतिपयले वामपन्थीमात्रै र गैरवामपन्थीको सरकार बन्न सक्ने चर्चा गरेको भन्दै उनले तयसको अर्थ नभएको बताए ।

यो प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई धेरै फाइदा भएको टिप्पणीसमेत नेपालले गरे । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन’, उनको भनाइ छ, ‘अरु जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले । त्यो स्वभाविक थियो ।’

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६