काठमाण्डौ, ०४ पुस । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न आउँदो पुस ६ गते बुधवार बिहान चुनाव गर्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन समितिले बुधवार बिहान ८ बजेदेखि सुरु गर्ने गरी चुनावको मिति तोकेको हो ।
हिजो आइतवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले आजै मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधि सभाका सांसद मतदाता हुने व्यवस्था छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा मात्रै उम्मेदवार बन्दा संस्थापनबाहिरको पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा जाने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन् ।








प्रतिक्रिया