प्रदेश

नागरिकता कम राहदानीको माग धेरै



तम्घास ६ पुस । गुल्मी जिल्लामा पछिल्लो पाँच महिनाको अवधिमा पाँच हजार ६८९ जनाले राहदानी बनाएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनाको अवधिमा यतिको सङ्ख्यामा राहदानी बनाइएको हो।
राहदानी बनाउनेमा १८ देखि २५ वर्ष उमेर समूहसम्मका युवायुवती बढी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। विशेष गरी वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ।
राहदानीबाट पछिल्लो पाँच महिनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड लागेका कारण बिहान ६ बजेदेखि आवेदन भर्ने गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो।
यस्तै पाँच महिनाको अवधिमा चार हजार ५७५ जनाले नागरिकता बनाएका छन्। पाँच महिनाको अवधिमा दुई हजार ७१५ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय प्रशासन शाखाकी कर्मचारी कमला पन्थीले जानकारी दिनुभयो।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६