कृषि

समयमा भुक्तानी नपाउँदा किसानले उखु खेती नै गर्न छाड्दै, उद्योगलाई उखु अभाव हुने



नवलपरासी ९ पुस । पश्चिम नवलपरासीका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् भने एउटा सञ्चालनको तयारीमा रहेको छ । प्रतापपुर गाउँपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग मङ्सिरको दोस्रो हप्तादेखि र सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मङ्सिर २५ गतेदेखि सञ्चालनमा आएका हुन् । सुनवलको लुम्बिनी चिनी उद्योग सञ्चालनको तयारीमा रहेको लुम्बिनी चिनी उद्योग, उखु शाखाका प्रमुख केडी प्रसादले बताउनुभयो ।
समयमा भुक्तानी नपाउँदा किसानले उखु खेती नै गर्न छाड्दै गएकाले उद्योगलाई उखुको कमी हुने अवस्था छ । उखुको अभाव रहेका कारण सञ्चालनमा आउने चिनी उद्योगले समेत पूरा क्षमतामा चिनी उद्योग सञ्चालन हुन नसक्ने अवस्था नरहेको उद्योग सञ्चालकले बताउने रहेका छन् । भारतीय सीमा नजिक रहेका इन्दिरा र बागमती उद्योगमा अवैध तरिकाबाट भारतीय उखुसमेत आउने गरेको स्रोतले बताएको छ ।
उखुको नयाँ मूल्य निर्धारण नभएकाले किसानले पुरानै मूल्यमा उखु दिन थालेको नवलपरासी उखु उत्पादक किसान सङ्घका जिल्ला अध्यक्ष दूधनाथ गुप्ताले बतउनुभयो । किसानले गत वर्षकै मूल्य प्रतिक्विन्टल ५२० रुपियाँका दरले चिनी उद्योगलाई उखु बेच्न थालेको बताइएको छ ।
यस वर्ष उत्पादन आधाले घटेर १२ लाख क्विन्टल मात्र उत्पादन हुने अवस्था रहेको छ । यस जिल्लामा रहेका तीनवटा चिनी उद्योग पूरा क्षमतामा सञ्चालन गर्न एक सिजनमा मात्र ३० लाख क्विन्टलभन्दा बढी उखु आवश्यक पर्ने बागमती चिनी उद्योगका सञ्चालक राम थापाले बताउनुभयो ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६