सरिता थारु
कपिलबस्तु, १४ पुस ।बाणगंगा र गजेहडा भु.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको छ । यहाबाट २५ सय ५७ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणीत भएपछि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । अन्तरपालिका स्तरिय दिगो खानेपानी सुरक्षा योजना तथा सुरक्षित खानेपानी युक्त समुदाय घोषण कार्यक्रमको आयोजना गरि सो घोषणा गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण सहरी विकास राज्य मन्त्री रिना नेपालले प्रमुख अतिथीको रुपमा बोल्दै सुरक्षित पिउने पानी पाउनु पर्ने सबै नागरिकको नैसर्गिक अधिकार भएको बताउदै प्रदेश सरकारले सुरिक्षत पिउनेपानीको उपलब्ध गराउन लागि परेको बताउनुभयो । उहाले एकघर एक धाराको निति अनुसार प्रदेश सरकार लागि परेको बताउदै शुद्ध र सुरक्षित पानी वितरणका निम्ती प्रदेश सरकार लागि परेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पिउनेपानी सुरक्षित भएको घोषणा कार्यक्रम पालिकाले नै गर्व गर्न लायक कार्यक्रम भएको भन्दै विस्तारै नगरपालिकालाई नै सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले सामाजिक विकासको क्षेत्रमा सुरक्षित खानेपानी पनि एक खुड्कीलो रहेको बताउदै यसको निरन्तरताका लागि सबै सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने औल्याउनुभयो । कार्यक्रममा युनिसेफ नेपाललका वास अधिकृत सुरेन्द्र बाबु ढकालले सुरक्षित खानेपानी र सरसफाई नपाएकै कारण नेपालमा प्रत्यक बर्ष ५ बर्ष मुनिका १२ सय जना बालबालिकाको ज्यान जाने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा खानेपानी उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश सहसंयोजक सावित्रा रेग्मी, कपिलबस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे,नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, उपभोक्ता हित संरक्षण मञ्च कपिलबस्तुका अध्यक्ष भेषराज पाण्डे, द्रोणराज सुवेदी लगाएतले बोल्नुभएको थियो । कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, सचिव कृष्ण बहादुर शाहीको संचालनमा सम्पन्न भएको हो ।









प्रतिक्रिया