कपिलवस्तु २० पुस।व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका डीएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ।
एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको हो।इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायव गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।
उजुरीपछि केसीलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले खापुङको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।समितिको प्रतिवेदनपछि केसीमाथि थप कारबाही अगाडी बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
२० पुस २०७९, बुधबार
प्रतिक्रिया