प्रदेश

१३ औं कपिलवस्तु महोत्सव आज गायिका अस्मिता अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहने




कपिलवस्तु, २४ माघ ।

कपिलवस्तुस्थित बाणगंगा जितपुर बुद्धरंगशालामा माघ १७ गतेदेखि १३ औं कपिलवस्तु महोत्सव जारी छ ।महोत्सवको आठौं दिन आज चर्चित गायिका अस्मिता अधिकारी, गायक टंक तिमिल्सिना, अर्जुन सापकोटा लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति भइरहेको छ । साँझपख कलाकारले दोहोरी मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

महोत्सवको डान्स आइडल तर्फ आज ७ जना प्रतिस्पर्धामा छन् । जसमा सोमबार भएको भोटको आधारमा एक जना बाहिरिने छन् । सिङ्गिङ्ग आइडल तर्फ ७ जना प्रतियोगी मध्ये आज एक जना बाहिरिने छन् ।

डान्स तर्फ भोटको आधारमा प्रतिस्पर्धी सुरक्षित हुँदै आएका छन भने, गायन तर्फ निर्णायकको निर्णय अनुसार सुरक्षित हुने व्यवस्था गरिएको आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए ।

महोत्सवमा अवलोकन गर्ने दर्शकको दिनहुँ बृद्धि भइरहेको छ । सोमबार पनि सोचेभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका महासचिव पौडेलले जनाए ।

महोत्सव सञ्चालन मध्य तिर आइपुग्दा व्यापारमा पनि बृद्धि भएको छ । झण्डै दुई सय व्यापारिक स्टल महोत्सवमा रहेका छन् । माघ २९ गतेसम्म चल्ने महोत्सवमा डेढ लाख दर्शक भित्त्राइ झण्डै ६ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६