जीवनशैली

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान



काठमाडौँ, १३ कात्तिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गर्नुभएको छ । अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गर्नुभएको हो । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एकदिने अभियानका रूपमा मात्र नलिई जीवनभर आत्मसात् गर्नुपर्ने सामाजिक तथा मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो । मानवीय सेवाको भावना आत्मसात् गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । रक्तदान कार्यक्रममा राप्रपाका सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका कार्यकर्ता सहभागी भई रक्तदान गरेका थिए । –––

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६