प्रदेश

कपिलवस्तु महोत्सवमा गजल गायक थानेश्वर गौतम लगाएतका कलाकारको प्रस्तुति रहने




कपिलवस्तु, २८ माघ ।
जारी १३औं कपिलवस्तु महोत्सवमा आधुनिक तथा गजल गायक थानेश्वर गौतम लगाएतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आज चर्चित आधुनिक तथा गजल गायक थानेश्वर गौतमले दर्शकलाई झुमाउने छन् । माघ २९ गते आइतबार सकिदै गरेको महोत्सवको अघिल्लो दिन शनिबार गायक गौतमको प्रस्तुति रहने भएको हो ।

गौतम पछिल्लो समयका चर्चित गायक हुन् । उनले स्वर र संगीत भरेको छुट्नलाई पो रैछ क्यारे बोलको गीत चर्चित छ ।यस्तै गायक गौतमका ‘खतरा धेरै भो’, ‘बेचेर सपना’, ‘एउटा कथा’, ‘तिम्रा यादहरु’, ‘गाजल लगाइन छ्यौं ‘ जस्ता गीत चर्चित छन् ।

यस्तै महोत्सवमा लोक गायक प्रकाश दूतराज, दोहोरी गायिका टिका सानु, बाल कलाकार जिया भुसाल लगायतको प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।

लोक गायक दुजराज पनि पछिल्लो समयका चर्चित गायक हुन् । उनले ‘देउरालीमा’, ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘चोली मैलो भो’ लगायत बोलका गीतमा आवाज भरेका छन् ।

प्रकाशित : २८ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६