अर्थ-वाणिज्य

बैक तथा फाइनान्सवाट ऋण लिएकाले अब लघुवित्तवाट नपाउने : शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम




कपिलवस्तु १४ फागुन । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने भएका छन् । धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर बुधबार यस्तो व्यवस्था गरेको हो । यसअघि यस्तो सीमा थिएन ।यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पनि लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था थियो ।

‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ नयाँ निर्देशनमा भनिएको छ, ‘यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नु पर्नेछ ।’
यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले सुविधा दिएको छ । साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६