प्रदेश

मुस्लिम आयोगद्धारा लुम्बिनी प्रदेशमा ४५ दिने लोकसेवा तयारी कक्षा शुरु(फोटो फिचर)



बिकास थापा
चैत्र ०१ कपिलवस्तु
मुस्लिम आयोगले नायब सुब्बाको लागि ४५ दिने लोकसेवा तयारी कक्षा शुरु गरेको छ । रुपन्देहीको मणिग्राम स्थित राममणी बहुमूखि क्याम्पसमा मुस्लिम समुदायलाई लक्षित गर्दैै सोही ४५ दिने लोक सेवा तयारी सम्बन्धी कक्षा शुरु गरेको छ । मगंलबार तयारी कक्षा सम्बन्धी एक अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै कक्षाको शुभारम्भ गरिएको हो । मुस्लिम समुदायका बिद्यार्थीहरुको निजमती सेवामा पहुच अभिबृद्धिको लागि लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको जनकपुरमा २५÷२५ जनाको लागि तयारी कक्षा शुरु गरिएका आयोगका सदस्य माननिय मिर्जा अरशद बेगले जानकारी दिनुभयो । उहाका अनुसार विगतका दिनमा केन्द्रीय तहमा मात्र भएको यस प्रकारको तालिममा सबैको पहुच नपुगेको भन्दै यसपाली भने सबैको पहुच पुग्ने गरि २ स्थानमा सञ्चालन गरिएको हो । आयोगले यस तयारी कक्षामा बिशेष गरि मुस्लिम समुदायका प्लास टु देखी स्नाकोत्तरसम्मको बिद्यार्थीहरुको सर्टिफिकेटमा भएको नम्बरका आधारमा महिला पुरुष छनौट गरिएको हो ।

अहिले सम्मको अवस्था हेर्ने हो भने यस समुदायको बिद्यार्थीहरुको लोक सेवा प्रति खासै रुचि नदेखिएको पाईएको भन्दै यसरी निशुल्क कक्षा आयोगले शुरु गरेको आयोगका सदस्य माननिय मिर्जाको भनाई रहेको छ । मगंलबार भएको तयारी कक्षा सम्बन्धी एक अभिमुखिकरण कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारी र खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले आफ्नो सरकारी सेवाको यात्राको अनुभवका बारेमा जानकारी गराउदै मुस्लिम आयोगले परिवर्तनको शुरुवात गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।

मुस्लिम आयोगका सदस्य माननिय मिर्जा अरशद बेगको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका निमित्त प्रजिअ धुब्र बहादुर कुवर , जिल्लाका एसपी भरत बहादुर बिक , राममणी बहुमूखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष धुब्र बहादुर धिताल , क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीको आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा ४५ दिन सम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षाको सहजिकरण गर्ने चैतन्य एकेडेमिका सिइओ गणेश प्रसाद जोसी ,ईस्लामिक बिद्यवान शमीम अहमद नदवी लगाएत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमूखिकरण कार्यक्रमको सञ्चालन क्याम्पसकी प्राध्यापक नर्मता पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६