ब्रेकिंग न्युज

भारतीय प्रहरीद्वारा चन्द्रौटाका व्यापारी अपहरित,नेपाल प्रहरीले सुइँको समेत पाएन



कपिलवस्तु, ३ चैत्र ।भारतीय प्रहरीले विहिबार साझ कपिलवस्तु चन्द्रौटाका एक व्यापारीको अपहरण गरि भारत पुर्याएका छन् । हिजो साझ करिब ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका संचालक कयूम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरि लगेका हुन् । अन्सारीको परिवारका अनुसार ४ जनाको समूहमा आएका उनीहरु भारतीय सेतो बोलेरो गाडीमा आएका थिए । उनीहरुले लेनदेन सम्बन्धी कुरा गर्नुछ भन्दै गाडीमा हालेर हुइक्याएर लुम्बिनीको ककरहवा नाकाबाट भारत तर्फ लिएर गएको सुरक्षा श्रोतले बताएको छ । अन्सारीलाई अहिले बर्डपुर बाट लेनदेन विषयमा पक्राउ गरिएको भन्दै लोटन थाना सिद्धार्थनगरमा राखिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाको ५० मिटर अगाडीबाटै भारतीय सुरक्षाकर्मी हथियार सहित नेपाल प्रवेश गरि नेपाली व्यापारीलाई अपहरण गरि गाडीमा लिएर लुम्बिनी हुदै भारत लैजादा सम्म सुइको समेत पाएका छैनन् । परिवारले तत्काल वडा प्रहरी कार्यालयलाई जानकारी गराएपनि प्रहरीले तत्काल एक्शन नलिएको उनीहरुको गुनासो छ । मंगलबार मात्रै हाजिर भएका प्रहरी निरिक्षक शेखर जंग मल्लले घटना लाई वेवास्ता गर्दा ठूलो बनेको छ ।

उनले घटना बारे जिल्लालाई समयमै जानकारी नगराएको र आफुले पनि गम्भिरताका साथ नलिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मिनबहादुर घलेले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।लेनदेन सम्बन्धी सामान्य विषय देखाएर नेपालबाट अपहरण गरि भारत लगिएका अन्सारीलाई भारतीय सुरक्षाकर्मीले भारत विरोधी गतिविधीमा संलग्न भएको आशंकामा लगेको बताइन्छ । चन्द्रौटा बजारबाटै व्यापारी अपहरित भएपछि स्थानीय व्यवसायीले सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै विरोध गरेका छन् ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६