अर्थ-वाणिज्य

कपिलबस्तुमा भित्रियो डेढअर्व रुपैया अनुदान, सबैभन्दा बढि बाणगंगालाई



भुपाल थापा
कपिलबस्तु, ०३ चैत्र ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने अनुदान सिफारिस गरेको हो ।

अनुदानसम्बन्धी सिफारिस आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम गरिएको आयोगले जनाएको छ । जसअनुसार प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान, सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान र सोही ऐनको दफा ३ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम कार्य सम्पादन मूल्याङ्कनका आधारमा अनुदान छुट्टा–छुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ का लागी नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने बित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस गरिए अनुसार लुम्बिनी प्रदेशमा न्यूनतम २ अर्ब ३० करोड २३ लाख, सुत्रमा आधारित ५ अर्व ५१ करोड ५ लाख र कार्यसम्पादनमा आधारित ३३ करोड ५५ लाख रुपैया गरि ८ अर्ब १४ करोड ८३ लाख रुपैया सिफारिस गरिएको छ ।

बित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस गरिए अनुसार कपिलबस्तुमा १ अर्व ४९ करोड १९ लाख रुपैया रहेको छ । कार्यसम्पादनमा आधारित रहेर सिफारिस गरिए अनुसार जिल्लाको महाराजगंज नगरपालिकाले ५८ लाख प्राप्त गरेको छ । यस्तै कार्यसम्पादन नै आधारित रहेर सबैभन्दा कमजोर स्थिती कृष्णनगर नगरपालिकाको देखिएको छ । कृष्णनगरले कार्यसम्पादन बापत् ४० लाख प्राप्त गरेको छ ।

कपिलबस्तुमा सबैभन्दा बढि अनुदान बाणगंगाले पायो ।

बित्तीय समानीकरण अनुदान अन्र्तगत कपिलबस्तुमा सबैभन्दा बढि बाणगंगा नगरपालिकाले पाएको छ । कपिलबस्तु नगरपालिकाले भने दोस्रो स्थानमा रहेर अनुदान सिफारिस पाएको छ । बाणगंगा नगरपालिकाले न्यूनतम ४ करोड ५० लाख, सुत्रमा आधारित १३ करोड ४० लाख र कार्यसम्पादनमा आधारित ४७ लाख गरि १८ करोड ३७ लाख रुपैया सिफारिस गरेको छ ।

दोस्रो स्थानमा रहेको कपिलबस्तु नगरपालिकाले न्यूनतम ४ करोड ५० लाख, सुत्रमा आधारित १३ करोड १४ लाख र कार्यसम्पादनमा आधारित ४५ लाख गरि कुल १८ करोड ९ लाख रुपैया अनुदान सिफारिस गरेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिकाले न्यूनतम तर्फ ४ करोड ४५ लाख, सुत्रमा आधारित ११ करोड ५५ लाख र कार्यसम्पादनमा आधारित ५१ लाख गरि कुल १६ करोड ३१ लाख रुपैंया सिफारिस गरेको छ । शिवराज नगरपालिकाले न्यूनतम तर्फ ४ करोड ४५ लाख, सुत्रमा आधारित ११ करोड ६४ लाख र कार्यसम्पादनमा आधारित ५२ लाख गरि १६ करोड ४१ लाख रुपैया सिफारिस गरेको छ ।

यसैगरि, बिजयनगर गाउँपालिकाले न्यूनतम तर्फ ३ करोड ५० लाख, सुत्रमा आधारित ७ करोड ४६ लाख र कार्यसम्पादनमा आधारित ४८ लाख गरि कुल ११ करोड ४४ लाख रुपैया सिफारिस गरेको छ । कृष्णनगर नगरपालिकाले न्यूनतम तर्फ ४ करोड ४५ लाख, सुत्रमा आधारित ११ करोड १२ लाख र कार्यसम्पादनमा आधारित तर्फ ४० लाख गरि कुल १५ करोड ७७ लाख रुपैया सिफारिस गरिएका छन् ।

कृष्णनगर नगरपालिकाले न्यूनतम तर्फ ४ करोड २५ लाख, सुत्रमा आधारित ११ करोड १२ लाख र कार्यसम्पादनमा आधारित तर्फ ४० लाख गरि कुल १५ करोड ७७ लाख रुपैया सिफारिस गरेको छ । महाराजगंज नगरपालिकाले न्यूनतम तर्फ ४ करोड, सुत्रमा आधारित ९ करोड ८३ लाख र कार्यसम्पादनमा आधारित तर्फ ५८ लाख गरि कुल १४ करोड ४१ लाख रुपैया सिफारिस गरेको छ ।

कपिलबस्तुको यशोधरा गाउँपालिकाले न्यूनतम तर्फ ३ करोड ५० लाख, सुत्रमा आधारित ७ करोड ९५ लाख र कार्यसम्पादनमा आधारित तर्फ ५२ लाख गरि कुल ११ करोड ९७ लाख रुपैया सिफारिस गरेको छ ।

मायादेवी गाउँपालिकाले न्यूनतम तर्फ ३ करोड ७५ लाख, सुत्रमा आधारित ९ करोड ३६ लाख र कार्यसम्पादनमा आधारित तर्फ ४६ लाख गरि कुल १३ करोड ५७ लाख रुपैया सिफारिस गरेको छ ।

शुद्धोधन गाउँपालिकाले न्यूनतम तर्फ ३ करोड ७५ लाख, सुत्रमा आधारित ८ करोड ६५ लाख र कार्यसम्पादनमा आधारित तर्फ ४५ लाख गरि कुल १२ करोड ८५ लाख रुपैया सिफारिस गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६