ब्रेकिंग न्युज

बाणगंगामा संचालित कफि बारिस्ता तालिम बाट ४ जनालाई रोजगारी




हरि घिमिरे
कपिलवस्तु, ०३ चैत्र ।
कपिलवस्तुको बाणगंगामा संचालित कफि बारिस्ता तालिमबाट चार जनाले रोेजगार पाएका छन् । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र बाणगङा नगरपालिकाको सहकार्यमा संचालित तालिममा सहभागि उत्कृष्ट चार जनाले रोजगार पाएका हुन् । बाणगंगामा होटल ब्यबसायी तथा बेरोजगार युवा/युवती लक्षित निःशुल्क होटल ब्यबस्थापन अन्तर्गत २० दिने “कफि बारिस्ता” तालीम संचालन भएको थियो ।


कफि बारिस्ता तालिमको विहिवार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले नगरको आर्थिक सहयोगमा रोजगारीको ग्यारेन्टी सहितको कफि बारिस्ता तालिम बाट चार जनाले रोजगार प्रप्त गर्नु आफौमा खुसिको कुरा रहेको बताउनु भयो । उहाँले यस्ता किसिमका सिपमुलक तालीमहरु आयोजना गरि सफलता पुर्बक सम्पन्न गरेकोमा होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु लाई धन्यवाद व्यक्त गर्नु भयो । मेयर अर्यालले भन्नु भयो “नयाँ नयाँ सोच, योजना र रोजगार संग जोड्ने कार्यक्रमलाई हामिले प्राथमिकतामा राखेका हुन्छौं ।” यस्तै मेयर अर्यालले बेम्बो हेन्डी क्राफ्ट, वेटर तालीम, कफि बारिस्ता, केक तथा बेकरी, सरसफाइ संग सम्बन्धित फिनेल, हर्पिक, कोलिन उत्पादन जस्ता नयाँ नयाँ तालीम अन्र्तगत ब्यवसायी एंव बेरोजगार युवा/युवति लक्षित कार्यक्रममा नगरको आर्थिक सहयोगलाई सहि सदुपयोग गरेकोमा आयेजक संस्थालाई विशेष धन्यवाद दिनुभयो ।


यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले तालिम, तालिमका लागि मात्र नभएर केहि युवा युवति रोजगारमा जोडिनु भएकाले तालिमको सहि सदुपयोग भएको बताउनु भयो । उहाँले यस्ता अन्य शिपमुलक तालिम प्राप्त युवा युवति हरुलाई रोजगारमा जोड्न सके मात्र तालिमको औचित्य हुने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत भुसालले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले तालिममा सहभागि हरुलाई रोजगारको व्यवस्था मिलाएकोमा आफुहरु खुशि रहेको बताउनु भयो ।


कार्यक्रममा होटलतथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्थता, नगरपालिकाक प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता, नगरपालिकाका सुुचना अधिकारी केशवराज भट्टराईको आतिथ्यता रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव रोमलाल पौडेलले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न किसिमका स्वरोजगार मुलक सृजनात्मक कार्य गरेकोमा नगरप्रमुख चक्रपाणी अर्यालले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेललाई सम्मानपत्र प्रदान गर्नुभयोको थियो ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६