अर्थ-वाणिज्य

हालसम्मकै उच्च सुनको मूल्य, प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ



काठमाडौं, ०५ चैत्र । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ । सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

‘आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’

शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो ।

यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६