प्रदेश

नेकपा एस दाङका एकदर्जन नेताद्वारा पार्टी परित्याग



दाङ,०५ चैत । दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्याग गरेका छन् । नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहित एक दर्जन नेताले उक्त पार्टी परित्याग गरेको विज्ञप्ति निकालेर जनाएका छन् ।

यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी, मिना गुरुङ, गौरसिंह महरा, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् । उनीहरुले नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाएका छन्।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६