ब्रेकिंग न्युज

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत



काठमाण्डौ, ०५ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजदेखि लागू हुने गरी उपाध्यक्षमा मनोनीत गरिएको बताउनु भयो । उहाँले बैठकले चार जना उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताउनुभयो ।

उपमहासचिव खतिवडाले केन्द्रीय सचिवालय सदस्यको सङ्ख्या १९ जना पुर्‍याइएको बताउनुभयो । उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजदेखि सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुङ्गो भई नसकेको स्पष्ट पार्नुभयो ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६