देश

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



काठमाण्डौ, ०५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतवार बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई यसअघि दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको सांसद सोबिता गौतमले जानकारी दिनुभयो । अहिलेको सरकारले उठाएका जनजीविकाका मुद्दाका आधारमा समर्थनलाई कायमै राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

रास्वपाले तत्कालै सरकारमा जाने विषयमा भने कुनै पनि निर्णय गरेको छैन । सरकारमा सहभागिताको विषयमा पछि छलफल गरेर निर्णय लिइने गौतमले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमवार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६